४० करोडको लागतमा दमौती सडक कालोपत्र हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

४० करोडको लागतमा दमौती सडक कालोपत्र हुँदै

sadak

काठमाडौं, ९ बैशाख । उदयपुर सदरमुकाम गाईघाट नजिकै रहेको त्रियुगा नगरपालिकामा ४० करोड रुपैयाँको लागतमा कालोपत्रे सडक बन्ने भएको छ ।

प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिकाको वडा ५ र ६ लाई जोड्न सुविधा सम्पन्न २० किलोमिटर लामो सडकको निर्माण कार्य सुरु गरिएको हो । सदरमुकाम गाईघाटबाट करिव १५ किलोमिटरको दुरीमा रहेपनि दमौतिमा सडक पूर्वाधारको व्यवस्था नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । प्रदेश सांसद कार्कीको उपस्थितिमा सडक निर्माण कार्य सुरु भएपछि सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);