नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ब्लड बैंकको स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ब्लड बैंकको स्थापना

Norvic-Hospital

काठमाडौं, ७ बैशाख । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसंञ्चार केन्द्र(ब्लड बैंक)को स्थापना गरेको छ । अस्पतालको २६ औं बार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले रक्तसंञ्चार केन्द्र (ब्लड बैंक)को उद्घाटन गरे ।

रक्तसंञ्चार केन्द्र अस्पताल भित्रै स्थापना भएपछि आकस्मिक अवस्थाका विरामीका लागि रगत खोज्न बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ । रक्तसंञ्चार केन्द्रको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले स्तरीय स्वास्थ्य सेवा र विरामीप्रतिको सेवामा अस्पताल सदैव सर्मपित हुने बताए ।

पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको र देश बाहिर जानुपर्ने अवस्था नरहेपनि समाजका प्रतिष्ठीत व्यक्तिहरुमा अझै पनि विदेश मोह देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

२५ शैयाबाट स्वास्थ्य सेवा दिन सुरु गरेको अस्पतालले आगामी ३ बर्ष भित्र २ सय ५० शैया पुर्याउने लक्ष्य सहित नयाँ भवन निर्माणको काम गरिरहेको छ । हाल अस्पतालमा १ सय ५० शैया रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);