आइपिएल: हैदराबादद्वारा चेन्नइ पराजित | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

आइपिएल: हैदराबादद्वारा चेन्नइ पराजित

haidbad-chennai

काठमाडौं, ५ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्स पराजित भएको छ ।

कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिइएको खेलमा चेन्नई सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएको हो । चेन्नईले प्रस्तुत गरेको १३३ रनको लक्ष्य घरेलु टोली हैदराबादले १६ ओभर पाँच बलमा चार विकेटको क्षतिमा भेट्टायो ।

हैदराबादका लागि जोनी बेयरस्टोले ४४ बलमा नटआउट ६१ तथा डेविड वार्नरले २५ बलमा ५० रन बनाए । चेन्नईका इमरान ताहिरले दुई विकेट लिए । फिटनेशका कारण धोनीलाई आराम दिइएको खेलमा पहिले ब्याटिङ्ग गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १३२ रन बनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);