ओलीले ५ बर्ष सरकार चलाउँछन, प्रचण्डको विकल्प खोजी सुरु, को होला उत्तराधिकारी ? : पुरञ्जन आचार्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ओलीले ५ बर्ष सरकार चलाउँछन, प्रचण्डको विकल्प खोजी सुरु, को होला उत्तराधिकारी ? : पुरञ्जन आचार्य (भिडियोसहित)

kharo prashna with puranjan aacharya

काठमाडौं, ३ बैशाख । । २०७६ साल सुरु भईसकेको छ । २०७५ साल दुई तिहाई बहुमत भएको सरकारसंग थुप्रै आशाहरु गरिएका थिए । सरकारले पनि थुप्रै आश्वासनहरु दिएको थियो । नयाँ वर्ष सुरु भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरे । उनले २०७५ मा कानुनहरु निर्माण गर्ने काम भएको र २०७६ मा अब पुर्बधार विकासको सन्दर्भमा अघि बढ्ने र समृद्धि प्राप्त गर्ने तर्फ उन्मुख हुने बताए । प्रधानमन्त्री ओलीले सकारात्मक प्रश्न गर्न आग्रह गरेका छन् । सरकारले जनता, संचारमाध्यम र बुद्धिजिबीसंग अब सकारात्मक प्रश्नको मात्र अपेक्षा गर्ने हो ? वा जनता, संचारमाध्यम र बुद्धिजिबीहरु सरकारसंग अलि बढी आलोचनात्मक भएका हुन् । यसले सरकारलाई कतै अप्ठ्यारो त परेको छैन भन्ने प्रश्नहरु पनि उठेका छन् । प्रधानमन्त्रीको प्रतिवद्धताले नया बर्षमा नेपालमा समृद्धि आउला ? समृद्धिको लागि सरकारले के मा ध्यान दिनुपर्ला ?  प्रधानमन्त्री ओली र प्रचण्डमा अब को हावी होला ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);