कफिको विकासमा लगानी बढाउन सरकारलाईं प्रचण्डकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

कफिको विकासमा लगानी बढाउन सरकारलाईं प्रचण्डकाे आग्रह

काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कफीको विकासमा लगानी बढाउन सरकारलाईं आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय बजारमा समेत ठूलो परिणाममा माग भईरहेको कफी खेतीको विकासका लागि कृषकहरुलाई प्रोत्साहित हुनेगरी नीति र कानुन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सोमबारबाट काठमाडौंमा सुरु भएको नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलनको उद्घाटनमा बोल्दै उनले नेपालको व्यापार घाटालाई कम गराउन समेत भरपर्दो माध्यमको रुपमा रहेको कफी खेतीको विकासमा निजी क्षेत्रले समेत चाँसो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष दाहालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि नेपालमा कफी खेतीको विकास गर्नुपर्ने जरुरी रहेको बताए ।