चिया तथा कफी खेतीको प्रवर्द्धनमा सरकारले किसानलाई सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिया तथा कफी खेतीको प्रवर्द्धनमा सरकारले किसानलाई सहयोग गर्ने

काठमाडौं, १२ कात्तिक । सरकारले चिया तथा कफी खेतीको प्रवर्द्धनमा व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चिया तथा कफी खेतीको प्रवर्द्धनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार चीनको सिजुवान प्रान्तका चिया व्यवसायीहरुसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चिया तथा कफी खेतीको विकास र बजारीकरणका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र लगानीको लागि उचित वातावरण बनाउने आश्वासन दिए ।

मन्त्री खनालले नेपालको चिया तथा कफीको विकासमा चीनको सहयोगको पनि अपेक्षा गरिएको बताए । उनले नेपालको निर्यात व्यापारमा ठूलो सम्भावना बोकेको चियाको विकासमा सरकार पछि परेको स्विकार गर्दै अव त्यसलाई अगाडि बढाउन व्यवसायीहरुसँगै सहकार्य गरेर अघि बढ्ने योजना सार्वजनिक गरे । कार्यक्रममा चिनियाँ कलाकारहरुले चियाको आवश्यक्ता र औचित्य समेटिएको कला पनि प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);