काठमाडौं, १ बैशाख । विक्रम संवत अनुसार आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ ।
वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित देशभर नयाँ वर्षको स्वागत गरिदै छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदान प्रदान गरिदै छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगाएत विभिन्न पार्टीका नेताहरुले नेपालीहरुमा शुख, शान्ति र समृद्धिको कामणा गर्दै शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रको नाममा सम्बोधन गरेको छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफू नेतृत्वको सरकारका उपलब्धीबारे चर्चा गरका थिए । उनले पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि भएको उल्लेख गरे । लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तराष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र बनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेको प्रधानमन्त्री ओलीले बताए ।