विदेशको एउटै कार्यक्रममा १० सचिव र १४ सहसचिव जाँदै | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

काठमाडौं, १८ भदौ । सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली विदेश भ्रमणमा निस्कने तयारीमा छ। कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो।

 

चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिव र सहसचिवहरू १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहनेछन् । उनीहरू चीन सरकारको सार्वजनिक प्रशासनको अवलोकनका लागि १३ दिन लामो भ्रमणमा निस्कन लागेका हुन्।

 

सामान्य प्रशासन मन्त्रालयले भ्रमणको समन्वय गरिरहेको छ । सामान्यले दुई देशका उच्च सरकारी अधिकारीबीच सार्वजनिक प्रशासनको अनुभव आदानप्रदान र विकासका मोडलहरूको अध्ययन गर्न त्यस्तो भ्रमण हुन लागेको बताएको छ।

 

चीन र नेपाल सरकारबीच भएको समझदारीअनुसार तीन वर्षदेखि हरेक वर्ष यसरी नेपालबाट उच्चस्तरको भ्रमण हुने गरेको मन्त्रालयका एक अधिकृतले बताए । तर, चीन सरकारका कर्मचारीहरू भने त्यसरी नेपाल भ्रमणमा आउने नगरेको मन्त्रालयले स्रोतले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);