चैते छठ पर्वको दोश्रो दिन खरना गरिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

चैते छठ पर्वको दोश्रो दिन खरना गरिँदै

बारा, २७ चैत । तराई बासीले ज्यादै नै महत्वका साथ मनाउने महान चैते छठ पर्वको बुधवार दोश्रो दिन खरना गरिँदै छ । पर्वको पहिलो दिन मंगलवार नहान–खान गरि शुद्ध भई ब्रत बस्न सुरु गरेका ब्रतालुहरुले बुधवार दिन भरि भोकै बसेर बेलुकी दुध र सक्खरमा बनाईएको खिर तथा रोटी खाएर खरना गर्दै छन् ।

जसलाई रसियाव रोटी पनि भनिन्छ । बिहिवार तेश्रो दिन साँझ पख अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिई शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने गर्दछ ।

नेपालको तराई क्षेत्र तथा उत्तरी भारतमा मनाइने छठ पर्व धुमधामका साथ मनाईन्छ । निकै कठिन मानिने यो पर्वका चार दिन मध्ये दुई दिन छठ ब्रतालुहरुले अन्न–पानी नखाई भोकै ब्रत बस्ने गर्दछन् ।

तराई क्षेत्रको हरेक गाउँमा नदी, पोखरी, तलाउ लगायतको जलाशयमा चैती छठ पर्वका लागि छठ घाट सजाउने कार्य गरिरहेका छन् । चैते छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाही, जनकपुरको विभिन्न स्थान लगायत तराई क्षेत्रको विभिन्न स्थानका पोखरी तथा नदिमा छठ घाट बनाउने र सजाउने कार्य भईरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);