काठमाडौं, २६ चैत । सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिने जनाएको छ । मंगलवार नेपाल आँखा अस्पतालले राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिव नागरिकलाई रु १ लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिए ।
सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ ।
अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पु¥याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाई छ ।