ओलीको आदेशमा मेरो मुख थुन्ने प्रयास भयो, देशमा संक्रमण निम्त्याउन अमेरिकाले प्रचण्डलाइ प्रयोग गरेको छ : डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

ओलीको आदेशमा मेरो मुख थुन्ने प्रयास भयो, देशमा संक्रमण निम्त्याउन अमेरिकाले प्रचण्डलाइ प्रयोग गरेको छ : डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)

kharo prashna with dr premsingh basnyat

काठमाडौं, २६ चैत । अहिले दुईजना व्यक्ति निकै धेरै चर्चामा छन् । नेपाली सेना अहिले चर्चा र विवादमा परेको छ । राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धि विधेयक तयार पारेपछि नेपाली सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिने कि भन्ने भनेर बुँदागत रुपमा एउटा धारा प्रयोग गरिसकेपछि प्रधानमन्त्रीले सेना परिचालन गर्ने अवस्था किन पर्यो भनेर प्रश्न उठ्यो । सरकारले थोरै चलाखी गरेर विधेयक पछि हटाएको छ । तर त्यही सन्दर्भमा पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्रीको नियत ठिक देखिएन भनेर बोलिसकेपछि जंगी अड्डाले नबोल्न सचेत गराउँदै पत्र काट्यो भनेर खबरहरु आयो । त्यसपछि बस्न्यातले म अब दुई महिना बोल्दिन भनेर लेखे । के उनलाई साचिकै बोल्न, लेख्न बन्देज लागेको हो ? नेपाली सेनाले पुर्वजर्नेललाई बोल्न प्रतिबन्ध लगाएको हो ? के प्रधानमन्त्रीले सेना परिचालन गर्न खोजेकै हुन ? सेना कसको आदेश मान्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातसंग गरेको कुराकानी हेर्नुहोस् :