इंग्लिस प्रिमियर लिग: चेल्सीद्वारा वेष्ट ह्याम पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग: चेल्सीद्वारा वेष्ट ह्याम पराजित

chelsea

काठमाडौं, २६ चैत । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले वेष्ट ह्यामलाई पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा इडन हजार्ड नायक बने । उनकै दुई गोलको मद्दतमा चेल्सीले वेष्ट ह्याममाथि सहज जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । चेल्सीका लागि खेलको २४औं मिनेटमा हजार्डले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा चेल्सीले फेरी गोल गर्दै २–० को अग्रता बनाउन सफल भयो ।

यो पटक पनि हजार्डले नै गोल गरे । उनकै नायकत्वमा चेल्सीले वेष्ट ह्याममाथि जित हात पारेको हो ।पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ । पराजित वेष्ट ह्यामको भने समान खेलबाट ४२ अंक छ । यता लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ३३ खेलबाट ८२ अंक रहंदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);