काठमाडौं, २४ चैत । शुक्रवार निधन भएका भिक्षु अस्वघोष महास्थवीरको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरीएको छ । मिगौला, मुटु र निमोनिया रोगले केही समयदेख अस्वस्थ रहेका उनको शुक्रवार उपचारका क्रममा गत शुक्रवार निधन भएको थियो ।
भिक्षु अस्वघोषको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि आइतबार अपरान्हसम्म राजधानीको ढल्कोस्थीत संघराम विहारमा राखिएको थियो । बुद्धदर्शन र नेपाली साहित्यको प्रवर्धनमा महत्वपुर्ण योगदान दिएका उनलाई आइतबार बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संघराम विहार पुगेर उनको पार्थिव शरीरमा श्रदान्जली अपर्ण गरेका थिए । करिब आठदशक देखि बुद्धदर्शन र साहित्यको प्रबर्धनमा लागेका भिक्षु अस्वाघोषका करिब १ सय ५० कृतिहरु प्रकाशित भएका छन् । उनि बिक्रम सम्बत २०४९ सालदेखि २०५४ सम्म राष्ट्रिय सभाका सांसदसमेत रहेका थिए ।
वि.स १९८३ मा जन्मिएका भिक्षु अस्वघोष को ९४ वर्षको उमेरमा निधन भएको हो । उनको काठामाडौको बिजेश्वरी घाटमा अन्त्येष्टि गरिएको हो ।




