नेविसंघका कार्यकर्ता प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेविसंघका कार्यकर्ता प्रहरी नियन्त्रणमा

नेविसंघका कार्यकर्ता

काठमाडौं, १७ चैत । पोखरा विश्वविद्यालय अन्तगतका केही कलेजहरुले भर्ना लिएका विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियम विपरित भर्ना लिएको तर परीक्षाबाट बञ्चित गराएको भन्दै आईतबार काठमाडौंमा मध्यबानेश्वरस्थित एपेक्स कलेज, एसएआईएम कलेज, राजधानी मोडल कलेजलगायतका कलेजमा प्रदर्शन गरिरहेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यार्थीहरुले चर्को फी असुली गरेर नियम विपरित भर्ना लिने तर परीक्षा दिनबाट बञ्चित गराएको भन्दै ती कलेजहरुमा ‘माफिया’ लेख्ने र तोडफोडसमेत गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियम विपरित भर्ना लिने तर परीक्षा दिनबाट विद्यार्थीहरुलाई बञ्चित गराउने शैक्षिक दलाल र माफियाविरुद्ध प्रदर्शन गर्नु परेको नेविसंघका केन्द्रिय सदस्य नवराज त्रिपाठीले जानकारी दिए ।

त्रिपाठी नेतृत्वको नेविसंघका कार्यकर्ताहरुले ती कलेजहरुमा भर्ना भएका विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था नगरे ती क्याम्पस संचालकलाई कालोमोसो दल्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

पोखरा विश्वविद्यालय अन्तरगतका विभिन्न कजेलहरुमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीले ब्याचलर तेस्रो वर्षको परीक्षा दिन नपाउने भएपछि त्यसको विरोधमा नेविसंघका विद्यार्थीहरुले प्रर्दशनसहितको आन्दोलन सुरु गरेका हुन् ।

सबैभन्दा महंगो शुल्क लिने तर परीक्षा दिन पाउने काम शैक्षिक माफियाहरुबाट भएको भन्दै क्याम्पस संचालकहरुविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);