प्रश्नपत्र आउट प्रकरण : प्रोफाइलबाट अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रश्नपत्र आउट प्रकरण : प्रोफाइलबाट अनुसन्धान

examm radd birgunj

जनकपुरधाम, १७ चैत । प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरी अनुसन्धान सामाजिक सञ्जालमा केन्द्रित भएको छ। प्रदेश प्रहरी र सीआईबीको संयुक्त टोलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रोफाइल ‘सर्च’ गरिरहेको छ। शुक्रबार र शनिबार फेसबुक, ट्विटर प्रयोगकर्ता ५ सयलाई ‘फलो’ गरिएको एसपी सन्तोष खड्काले बताए।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट एसपी खड्का र सीआईबीबाट डीएसपी नीरञ्जन भट्ट सम्मिलित टोली अनुसन्धानमा खटिएको छ। विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र सञ्जालमार्फत बाहिरिएको आशंका प्रहरीले गरेको छ। विज्ञानको प्रश्नपत्र बिहीबार सप्तरीबाट बाहिरिएको प्रहरीको ठम्याइ छ।

‘सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट भएको कुरा आएको छ’, एसपी खड्काले भने, ‘प्रश्नपत्र पोस्ट र सेयर गरेकाहरूको प्रोफाइल सर्च गरिरहेका छौं। एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई सेयर गरेर प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भयो। त्यसैले यो घटनाको अनुसन्धान चरणबद्ध हुन्छ।’

सप्तरीलाई केन्द्र बनाएर प्रहरीले प्रोफाइल सर्च गरेको हो। ‘प्रश्नपत्र पोस्ट गर्ने अन्तिम प्रयोगकर्ता को हो र उसले त्यो कसरी प्राप्त गर्‍यो भन्ने तथ्य खोजिरहेका छौं’, उनले भने, ‘चाँडै निचोड निकाल्छौं।’

लगातार प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबारदेखिका परीक्षा स्थगन गरेको छ। यसले गर्दा प्रदेशका ७० हजार ५ सय ६८ परीक्षार्थी प्रभावित भएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);