प्रदेश नम्बर दुईको सबै एसईई परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

प्रदेश नम्बर दुईको सबै एसईई परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन

SEE-exam

काठमाडौं, १६ चैत । केन्द्र सरकारले दुई नम्बर प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै परीक्षा रद्द गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ को शनिवार देखिका सबै परीक्षाहरु रद्द गर्न परीक्षा बोर्डलाई निर्देशन दिएका हुन् । बिहिवार बिज्ञान बिषय र शुक्रवार सामाजिक बिषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएपछि मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले प्रश्नपत्र बाहिर ल्याउनेलाई जुनसुकै हालतमा पारि कारवाही गरेरै छोड्ने प्रतिबद्धता समेत ब्यक्त गरे । शुक्रबार बिहान परिक्षा दिन गएका बिद्यार्थीहरुले सामाजिक बिषयको परिक्षा रद्ध भएको सूचना पाएपछि प्रदेश २ को ८ वटै जिल्लामा प्रदर्शन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);