सेना परिचालनको विषयमा अनावश्यक वहस नगर्न सरकारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सेना परिचालनको विषयमा अनावश्यक वहस नगर्न सरकारको आग्रह

काठमाडौं, १४ चैत । सरकारले सेना परिचालनको विषयमा अनावश्यक वहस नगर्न आग्रह गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न आग्रह गरेका हुन् ।

सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको उनले उल्लेख गरे ।

उनले भने ‘नेपाली सेना सरकार मातहतको निकाय हो । सरकारले लिने निर्णय प्रति न उसको कहिल्यै विमति छ । न रहन्छ । नेपालको लामो इतिहास छ । उसले राजनीतिक नेतृत्व वा सरकारको निर्णयलाई हमेसा फलो गर्दै आएको छ । कहाँनेर अन्तरविरोध देख्नुभयो । वा अन्तरविरोध चर्काउन कसैले प्रयत्न गर्यो ति कुराहरु सत्य होइन । गतल हो ।’

नेपाली सेनाले असहयोग गर्न खोजेको भन्ने सन्दर्भमा सैनिक प्रवक्ताको हवाला दिएपनि उनले किटानीका साथ नभएको उल्लेख गरे । उनले भने ‘सैनिक प्रवक्ताको हवाला दिए पनि सैनिक प्रवक्ता को हुन् ? के भने भन्ने कुरा कसैले किटानीका साथ भनेको पनि छैन । सेनाले त्यसलाई स्वीकार गरेको पनि छैन । कथाहरु आफै उत्पादन गर्ने । आफ्नै कथा उत्पादन गरेर आफैले विमोचन गरेर त्यसको समालोचना पनि गर्ने प्रवृति हावी भएको र त्यसैको एउटा पछिल्लो नमुना यो विषय हो जस्तो लाग्छ ।’

उनले संविधान र कानुनी प्रबन्ध नहेरी जनतामा भ्रम फैलाउने काम नगर्न सचेत गराए । सपनामा हिंड्ने बानी परेकाहरुले सेनाको बारेमा जनतामा भ्रम फैलाउने काम भएको टिप्पणी उनले टिप्पणी गरे ।

उनले भने ‘सेना परिचालनको विषयमा धेरै बहस, अनावश्यक वहस, कोकोहोलो, उत्पात भयो । तर संविधानको धारा हेरिएन । कानुनी प्रबन्ध हेरिएन । किन भने चिज त अर्कै हल्ला गर्नुछ । त्यसैले दुनियाँलाई दिग्भ्रमित बनाउन बानी परेकाहरुले त्यो कुरा गर्न सक्छन् ।’

उनले द्धन्द्धलाई उत्साहित र प्रोत्साहित गर्ने काम नगर्न सबैलाई सचेत गराए । आतंकवादी क्रियाकलाप र चरित्रलाई सरकारले पराजित गर्ने उनको दाबी छ । हिंसा विश्वभर नै सधै परास्त हुँदै आएको उल्लेख गर्दै उनले हिंसाका कारण फेरी मुलुकमा क्षति हुन नदिईने प्रतिवद्धता जनाए । मुलुकको शान्ति सुरक्षामाथि धाबा बोल्ने र अबाञ्छित लेख प्रशारण, प्रकाशन गरि समाज र जनतालाई दिग्भ्रमित पार्ने काम नगर्न उनले सचेत गराए ।

संविधान विरोधी क्रियाकलापलाई सरकारले कुनै पनि अवस्थामा स्वीकार्न नसक्ने भन्दै उनले कम्युनिष्ट पार्टीको बदनाम गरेर मुलुकमा द्धन्द्ध चर्काउने विषय लोकतन्त्र, न्याय र समानतामा आधारित नभई सामाजिक फाँसीवाद हुने टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);