पर्वतारोहणको वसन्त सिजन : १४ दलका १०३ जनालाई आरोहण अनुमति | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

पर्वतारोहणको वसन्त सिजन : १४ दलका १०३ जनालाई आरोहण अनुमति

mountaineer-lead

काठमाडौं, १३ चैत । हिमाल आरोहणमा उत्कृष्ट मानिने वसन्त सिजन शुरू भएयता १४ ओटा दलले विभिन्न हिमाल तथा शिखर आरोहणका लागि अनुमति लिएका छन् ।

गत फागुन १७ देखि चैत १२ सम्ममा १४ ओटा दलका १०३ जना आरोहीलाई पर्यटन विभागले आरोहण अनुमति जारी गरेको हो । विभागका अनुसार वसन्त ऋतु शुरू भएदेखि हिमाल आरोहणका लागि दिइएको अनुमतिबाट हालसम्म रू. ७ करोड ७८ लाख राजस्व संकलन भएको छ । मंगलवार मात्रै रू. ३ करोड ८८ लाख राजस्व संकलन भएको विभागले जानकारी दिएको छ । मंगलवार हिमाल आरोहणसँग सम्बद्ध ८ ओटा एजेन्सीले उक्त रोयल्टी बुझाएका हुन् । यो समाचार अभियान दैनिकमा लेखेको छ ।

विभागका अनुसार हिमाल आरोहणका लागि ७५ दिनको अनुमति जारी गर्ने गरिन्छ । सोही अवधिभित्र आरोहण गरिसक्नुपर्छ । विभागले सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति जारी गरेको छ । सगरमाथाका लागि ४ ओटा दलका ४२ आरोहीले अनुमति पाएका छन् । यस्तै, अन्नपूर्ण हिमाल आरोहणका लागि तीनओटा दलका २३ आरोहीले अनुमति पाएका छन् । विभागको तथ्यांकअनुसार सातओटा हिमाल तथा शिखरमा भने १/१ दलले आरोहणका लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि काठमाडौंबाट ८ देखि १० दिन लाग्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);