देशका पहाडी भेगमा आज पानी पर्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

देशका पहाडी भेगमा आज पानी पर्ने सम्भावना

mausam

काठमाडौं, १२ चैत । काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मंगलबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका स्थानमा सोमबार साँझ र मंगलबार बिहान पनि पानी परेको छ । पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने मौसमविद्को भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);