कोमल प्रसाद दुलाल
काठमाडौं, १० चैत । चैत १६ गते हुने नेपाल बार एशोसियसनको चुनावी सरगर्मी सुरु भएको छ । २०१३ सालमा स्थापना भएको नेपाल बारको नयाँ नेतृत्वका लागि प्रगतिशिल समुहबाट चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट सुनिल कुमार पोखरेल बीच सरगर्मी सुरु भएको हो ।
दुवै समुहले चुनावी जित्ने दावी गरेका छन् । प्रगतिशिल समुहका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बार एशोसियसन इतिहासकै कमजोर र बद्नाम अवस्थामा पुगेको भन्दै आफ्नो व्यवसायिक बार बनाउने पहिलो उद्धेस्य रहेको बताए ।
यता, प्रजातान्त्रिक समुहका अध्यक्षका प्रत्याशी सुनिल कुमार पोखरेलले बारलाई राजनैतिक हस्तक्षेप बाट टाढा राख्दै व्यवसायिक, प्राज्ञीक रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । उनले मानव अधिकार, लोकतन्त्र, विधीको शासन, स्वतन्त्र न्यायपालिका पनि आफ्नो अर्काे एजेण्डा रहेको जानकारी दिए ।
पोखरल समुहले प्रदेश १ को उपाध्यक्षमा डिल्ली बहादुर कार्की, २ मा सुधिर कुमार कर्ण, ३ मा राजेश्वरी अधिकारी, ४ मा निञ्जनलाल राजभण्डारी, ५ मा सुनिल कुमार श्रेष्ठ, ६ मा उत्तम आचार्य, ७ मा देवेन्द्र राज जोशी र महिला उपाध्यक्षमा कविता थापा र महासचिवमा लिलामणी पौडेल उठाएको छ ।
यता श्रेष्ठ समुहले प्रदेश १ को उपाध्यक्षमा मानवहादुर रुम्दाली राई, २ मा रामचन्द्र सिंह, ३ मा इश्वरीप्रसाद भट्टराई ४ मा सुरेन्द्र थापा मगर ५ मा लिलाधर मरासिनी, ६ मा मीनबहादुर महत र ७ मा उमेश प्रसाद विष्ट रहेका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा रक्षा बस्याल, महासचिवमा सुरेन्द्रबहादुर थापा चुनावी दौडमा आएका छन् । कानुन व्यवसायीहरुको हक हितका लागि स्थापना भएको नेपाल बारको भावी नेतृत्वको लागि श्रेष्ठ र पोखरेल वाहेक अन्यले पनि उमेद्वार घोषणा गरेको जनाईएको छ ।




