राष्ट्रियसभाबाट विज्ञापन नियमन गर्ने विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

राष्ट्रियसभाबाट विज्ञापन नियमन गर्ने विधेयक पारित

sanghiya samsadh

काठमाडौं, १० चैत । राष्ट्रियसभाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ । आईतबार बसेको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथिको छलफल पछि संसोधन सहित विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनको १ देखि १६ सम्मका संसोधित बुँदा सहित विधेयक पारित भएको हो ।

यसअघि विधायन समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको सन्र्दभमा नयाँ विषय भएकाले व्यवहारमा प्रभाव पारेका विषयलाई मात्रै विधेयकमा उल्लेख गरिएको स्पष्ट पारे ।

छलफलमा सांसदहरुले कानुनी प्रावधान कडा राखिएको भन्दै कम गर्नुपर्ने धारणा राखेको थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);