काठमाडौं, ८ चैत । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ ।
मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा जाने क्रममा डुंगा डुबेको हो । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् । इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् ।
५५ जनाको जीवितै उद्धार गरिएको छ । डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ । मोसुल बाँधको ढोका खोलिएका बेला नदीमा पानीको सतह बढेको भन्दै अधिकारीहरुले चेतावनीसमेत जारी गरेका थिए । तर, सोही अवस्थामा एउटै डुंगामा ठूलो संख्यामा पर्यटक चढेर गए पछि दुर्घटना भएको बताइएको छ ।