जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष

Biplav

काभ्रे, ५ चैत ।  आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ ।

विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता रेशम नेपालीले भने ।

फोन सम्पर्कमा आएका नेता नेपालीले सरकारले आफ्ना पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएकाले अन्य दलका गतिविधिलाई पनि आफूहरुले प्रतिबन्ध लगाउने बताए ।

‘हामी छलफलकै क्रममा रहेका छौं, जिल्लाको सांगठनीय अभियान सुदृढ बनाउँदै विकास निर्माणमा समेत सघाउछौं’, नेपालीले भने, ‘जनताको भावना विपरित काम गर्नेलाई कारबाही गर्छौ ।’ तर नेपालीले कस्तो कारबाही भन्ने चाहिँ खुलाएनन् ।

पार्टी नीति बन्दै गरेकाले तत्काल के गर्ने भन्नेमा निर्णय भइनसकेको भन्दै सो समूहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।