काठमाडौं, ४ चैत । अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक पहिलो जित निकालेको छ । गत वर्ष टेस्ट राष्ट्रको मान्यता पाएको अफिगानिस्तान क्रिकेट टोलीले आयरल्याण्डलाई हराउँदै पहिलो जीत निकालेको हो ।
सोमवार भारतको देहरादुन स्थित राजीवगान्धी क्रिकेट रंगशालामा भएको आयरल्याण्डसँगको सिरिजका क्रममा अफगानिस्तानले टेस्ट खेलमा ७ विकेटको जित निकालेको हो ।
पहिलो इनिङमा आयरल्याण्डलाई १सय ७२ रनमा रोकेको अफगानिस्तानले रेहमद शाहको ९८ रनको मद्दतले ३ सय १४ रन बनाएको थियो । दोस्रो पारीमा लेग स्पिनर रसिद खानले पाँच विकेट लिएपछि आयरल्याण्ड २सय ८८ रनमा अलआउट भइ अफगानिस्तानलाई १ सय ४९ रनको लक्ष्य दिएको थियो ।
अफगानिस्तानले उक्त लक्ष्य तीन विकेट गुमाएर भेट्टायो । यो जितसँगै अफगानिस्तानले आफूलाई दोस्रो खेलमै टेस्ट जित्ने टोलीमा उभ्याएको छ ।




