विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्धप्रति बाबुराम भट्टराईको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्धप्रति बाबुराम भट्टराईको आपत्ति

रेशम चौधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग

काठमाडौं, ४ चैत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनले मुलुकमा बेरोजगारी बढ्दै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको भन्दै चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारले नीति गलत भएको प्रतिक्रिया दिए ।

उनले चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई सुझाव दिए ।

संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे । राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर जनताबाट निर्वाचित सांसदलाई जन्मकैदको फैसला गर्नु असंगत भएको उल्लेख गर्दै उनले सो समस्यालाई राजनीतिक रुपले समाधान गर्दै चौंधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे ।

नयाँ शक्ति पार्टी, नेपालले आमाको नाममा नागरिकता पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ । संयोजक भट्टराईले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकप्रति आपत्ति जनाउँदै त्यसमा आमाको नाममा नागरिक पाउने व्यवस्था तत्काल गर्न पनि सरकारको गम्भिर ध्यनाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);