काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज अमेरिका जाँदै छन् ।
श्रीमती सीता दाहालको उपचारका लागि उनी आज साँझ अमेरिका जान लाग्नु भएको हो । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने कार्यक्रम रहेको छ । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।
श्रीमती सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको हो । यसअघि उनको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेको तस्वीर सामाजिक सन्जालमा समेत भाइरल भएको थियो ।