धाङ्ग्री खोलामा आएको बाढीले करिब हजार रोपनी धानखेत बगरमा परिणत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ललित सिंह, बझाङ, १६ भदौ ।
बझाङको जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलामा पर्ने धाङ्ग्री खोलामा केही दिन अघि आएको बाढीले करिब हजार रोपनी धानखेत बगरमा परिणत गरेको छ । मुख्य कृषि उत्पादन धानबाली बाढीले सखाप पारेपछि नगरपालिकाको वडा नम्बर ३ र ४ का सयौ घर–परिवार खाद्यान्न अभाव हुने चिन्तामा छन् ।

 

बाढीका कारण कारण जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३ र ४ का सयौ रोपनी धानखेत बगरमा परिणत भएपछि कृषक चिन्तित बनेको छन् । वर्षभरी खानपुग्ने बाली बाढीले नष्ट भएपछि आगामी दिनमा गुजारा गर्न कठिन कृषक बताउँछन् ।

 

बाढीका कारण खप्तडछान्ना सुर्मा, थलारा, तलकोट गाउपालिकातथा बुंगल नगरपालिकाका बासिन्दा प्रभावित बनेका छन् ।सरोकारवाला निकायले समयकै चासो नदिएकाले बाढीको सामना गर्नुपरेको कृषकको गुनासो छ ।

 

जिल्ला कृषि विकास कार्यालयले बाढीले बगाएको धानखेतको विस्तृत अध्ययन गरी सम्बन्धित निकायसँगकोसमन्वयमा उचित क्षतिपूर्ति दिलाउन् आश्वासन दिएको छ ।

 

धान खेतीका भरमा जीविकोपार्जन गर्दै आएका कृषक बाढीले बाली नष्ट भएपछि चिन्तित हुनु स्भाविक हो । त्यसैले बाढीबाट प्रभावितको राहत र पुनस्र्थापनामा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);