नेपाली समाजको मौलिकता र संस्कृतिको जगेर्नातर्फ सुदूरपश्चिमका युवा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाण्डव पुजारा, कैलाली, १६ भदौ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको मौलिकता र संस्कृतिको जगेर्नातर्फ सुदूरपश्चिमका युवा लागिपरेका छन् ।

 

सुदूरपश्चिमकै मुख्य देउडा खेलको जगेर्नाका लागि फूलबारीका युवा लागिपरेका हुन्सुदूर तथा मध्यपश्चिमको कला र सांस्कृतिक पहिचान बोकेको डेउडा खेलको जगेर्ना गर्न र भावी पिँढीलाई हस्तान्तरण गर्न आफूहरु लागिपरेको फूलबारीका युवा बताउँछन् ।

 

सद्भाव र फरक पहिचान बोकेको देउडा खेल जोगाउन युवाहरुको भूमिका एकदमै महत्वपूर्ण हुने स्थानीय बताउँछन् । सबैले आ–आफ्नो क्षेत्रबाट संरक्षण र प्रवद्र्धनमा जुट्नसके देउडाको जगर्ने गर्न सकिने उनीहरुको भनाइ छ ।

 

देउडा मुख्य रूपमा सुदूर तथा मध्य क्षेत्रका बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा खेल्ने गरिन्छ । गोलो घेरा बनाएर दुई समूहमा गीतैगीतमा सवाल–जवाफ हुने देउडामा एक समूह युवा र अर्को समूहमा युवती हुन्छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);