काठमाडौं, २ चैत । नेपाली कांग्रेसले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन आव्हान गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार विज्ञप्ति जारी गर्दै राजनैतिक संवादको माध्यमबाट निकाश खोज्न विप्लव समुहलाई आग्रह गरेका छन् । देशमा शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने भन्दै कांग्रेसले हिंसाको बाटो परित्याग गर्न समेत भनेको छ ।
कांग्रेसले जारी गरेको विज्ञप्तीमा हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गर्न विप्लपलाई आग्रह गरिएको छ । यतिमात्र नभइ बार्र्ताबाटै समाधान खोज्न सरकारको ध्यानआकर्षण गराएको छ । यस अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि वार्ताको माध्मबाट समाधान खोज्न आग्रह गरिसकेका छन् ।