‘प्रविधि नभएको भए अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो’ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

‘प्रविधि नभएको भए अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो’ : प्रधानमन्त्री ओली

pm oli

बनेपा, २ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन्। ‘म आज तपाईंहरूसँग हुनु प्रविधिकै कारण हो। १२ वर्षअघि मिर्गाैलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ’, काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औं पुण्य तिथि हुन्थ्यो होला।’

प्रधानमन्त्री ओलीले सरकार प्रविधिसहितको दिगो विकास गर्न तीव्र गतिमा अघि बढेको बताए। ‘सरकार तीव्र गतिमा विकास गर्न प्रयत्नशील छ। केही वर्षअघिसम्म धेरै कुरामा समान हैसियत र क्षमता रहेको स्विजरल्यान्ड निकै अघि बढ्यो। नेपाल किन पछि परेको छ, त्यसको कारण खोजिनुपर्छ’, उनले भने, ‘अनि, समाधान र विकासतर्फ अघि बढ्नुपर्छ।’

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले प्रसिद्ध स्विस सिभिल इन्जिनियर तथा स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने) का अध्यक्ष प्राडा जँ क्लड बाडुलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेका थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।