न्युजिल्याण्डमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या ४९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

न्युजिल्याण्डमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या ४९ पुग्यो

काठमाडौं, १ चैत । न्युजिल्याण्डको क्राइस्टचर्च भन्ने स्थानमा रहेको मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ४९ जनाको मृत्यु भएको छ । २० भन्दा बढी मानिस गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेकाे छ ।

मस्जिदमा गोली प्रहार गर्ने २८ वर्षीय अष्ट्रेलियन नागरिक भने फरार रहेको न्यूजिल्याण्डका प्रहरी अधिकारीहरुले जनाएका छन् । शुक्रवार मस्जिदमा प्रार्थना गर्न गएका ब्यक्तिहरुमाथि अन्दाधुन्ध गोली प्रहार गरिएको जनाइएको छ ।

घटनाको निन्दा गर्दै न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्डर्नले उक्त आक्रमण न्यूजिल्याण्डको इतिहासमा कालो दिन भएको बताएकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);