न्युजिल्याण्डको मस्जिदभित्र अन्धाधुन्द गोली प्रहार, प्रधानमन्त्री जसिन्दा आर्डर्नद्वारा कालो दिनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

न्युजिल्याण्डको मस्जिदभित्र अन्धाधुन्द गोली प्रहार, प्रधानमन्त्री जसिन्दा आर्डर्नद्वारा कालो दिनको घोषणा

newzerland

काठमाडौं, १ चैत्र । न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेको मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेर हमलाकारी फरार भएका छन् ।

क्राइस्टचर्चस्थित दुई मस्जिदमा भएको गोली प्रहारमा थुप्रै हताहत भएको पुलिसले जानकारी दिएको छ । स्थानीय प्रहरीले हमलाकारी शहरमा छिरेकाले सुरक्षा अपनाउन चेतावनी दिएको छ । डेली मेलको रिपोर्ट अनुसार २८ वर्षे अष्ट्रेलियाली नागरिक मानिएका एक व्यक्तिले अन्धधुन्ध गोली चलाई २७ जनाको हत्या भएको बताईएको छ तर प्रहरीले यसबारे आधिकारिक संख्या भने दिएको छैन । प्रहरीको चेतावनीपछि सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा ५० सट गोली हानेको र उनीहरुसँग सेमी–अटोमेटिक सटगन र राइफलसमेत भएको बताएका छन् । ती बन्दुकधारीले अल नुर मस्जिदभित्र लाइभ–स्ट्रिम गर्दै अन्धधुन्ध गोली चलाएका थिए । घटना नेपाली समय अनुसार शुक्रबार बिहान सवा ६ बजे घटेको हो । न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्डर्नले उक्त आक्रमण न्यूजिल्याण्डको कालो दिनमध्येको एक भएको बताएकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);