हिमालयन शेर्पा क्लव माईभ्याली गोल्डकप फूटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

हिमालयन शेर्पा क्लव माईभ्याली गोल्डकप फूटबलको सेमिफाइनलमा

इलाम, २९ फागुन । हिमालयन शेर्पा क्लव इलाममा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार इलामको ठूलो टुँडीखेलमा भएको प्रतिस्पर्धात्मक खेलमा प्रतियोगिताको साविक विजेता थ्री स्टार क्लवलाई तीन एक गोल अन्तरले पराजित गरी हिमालयन शेर्पा क्लव अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

मध्यान्तर अगाडि थ्री स्टार क्लवका टीम क्याप्टेन अनिल गुरुङले १३ औं मिनेटमा पहिलो गोल गरि अग्रता लिए । हिमालयन शेर्पा क्लवका विजय श्रेष्ठले १९ औँ मीनेटमा गोल गरी खेललाई बराबरीमा पु-याए ।

मध्यान्तर पछि २३ औँ मिनेटमा हिमालयन शेर्पा क्लवका त्रिदेव गुरुङले गोल गरे । २९ औँ मिनेटमा सुनिल खड्काले हिमालयन शेर्पा क्लवको तर्फबाट तेस्रो गोल गरेका थिए । बुधबारको खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका विदेशी खेलाडी उल्रीस सिवे घोषित भए ।

उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तरगत विहिबार दिउँसो तीन बजेबाट दाउफिन्स क्लव क्यामरुन र ससस्त्र प्रहरीको विभागिय टिम ए पी एफ बीच प्रतिष्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);