पोखरा, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको माओवादीले हिंसात्मक गतिविधि त्याग्नु पर्ने बताएका छन् । पोखरामा बुधबार मिडिया नेपालको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको समूहलाई सरकारले प्रतिबन्ध लगाई दमन गर्न नहुने बताए ।
विप्वव नेतृत्वले पनि हिंसात्मक बाटो छोड्नु पर्छ भन्दै अध्यक्ष थापाले, दमनबाट नभई वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाव दिए ।
सरकार र सीके राउतबीच भएको ११ बूंदे सम्झौताको सम्बन्धमा राप्रपा अध्यक्ष थापाले सम्झौता मुलुकको हित विपरीत भएको बताए । उनले सम्झौतामा प्रयोग भएको भाषा आपत्तिजनक रहेको भन्दै त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गर] ।