संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली

२०८१,९,२३

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गरे। उहाँले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरू हासिल भएको र मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गरे।

मुलुकमा यावत समस्याहरू रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताए। संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उनको भनाइ छ।

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरूको संगतिरु भन्नेबारे स्पष्ट हुनुपर्ने बताए। संविधान आफैँमा गतिशील दस्ताबेज भएको बताए। संविधानलाई अधिकतम लचिलो बनउनुपर्ने बताए।

Leave a Reply

ताजा समाचार