माओवादी बैठक, सदस्यहरूको बोल्ने समय छोट्याइयो, आजै सकाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

माओवादी बैठक, सदस्यहरूको बोल्ने समय छोट्याइयो, आजै सकाउने तयारी

२०८१,९,२३

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक मंगलबार तेस्रो दिन पनि जारी छ। राजधानीको धुम्बाराहीस्थित स्मार्ट दरबारमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।

आइतबारदेखि जारी बैठक आज सकाउने तयारी गरिएको छ। तेस्रो दिनको बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए।

माओवादीका पूर्ण र वैकल्पिकगरी ६१४ केन्द्रीय सदस्य भए पनि छलफलका लागि १८० जनाले मात्रै नाम टिपाएका छन्। सोमबारसम्म ८० जनाले बोलेका थिए भने बाँकी सदस्यले आज संक्षिप्तमा धारणा राखिरहेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार