काठमाडौं, २७ फागुन । काठमाडौ उपत्यका भित्रका चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भुनाथ स्तुपा, पशुपति क्षेत्र, पाटनदरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, बौद्धनाथ महाचैत्य विश्व सम्पदा सूचीमा सूचीकृत रहेका छन् ।
यी सम्पदा क्षेत्रमा निर्माण हुने भौतिक संरचनाको छुट्टाछुट्टै मापदण्ड पुरातत्व विभागले बनाएको छ । तर मापदण्ड विपरीत काम हुँदा राज्यका जिम्मेवार निकायबाट कुनै कानुनी कारबाहि हुँदैन । सर्वाेच्च अदालतले काठमाडाैं महानगरपालिका, उपत्यका विकास प्राधिकरण, पुरातत्व विभाग जस्ता जिम्मेवार निकायले सम्पदा जोगाउन नलागेपछी आमनागरिकहरु नै यसका विरुद्ध लागेका छन् ।
हनुमानढोका दरबार क्षेत्रमा बनिरहेको महर्जन कम्प्लेक्सले मापदण्ड विपरीत काम गर्दा पनि काठमाडौं महानगरपालिकाले कुनै कदम चालेको छैन । भवन निर्माणका लागि स्वीकृती दिने महानगरपालिकाले मापदण्ड विपरीत बेसमेन्ट अर्थात अण्डरग्राउण्ड बनाउने स्वीकृती किन दियो ? दिएको होइन भने स्वीकृती विना बनाईंदा कारबाही किन गरिएन ? प्राचिन स्मारक संरक्षण ऐन २०१३ मा यसरी सम्पदा नजिक जमिन खन्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना वा ढेड वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भनि उल्लेखित छ ।
प्राचिन सम्पदा हाम्रा राष्ट्रका गहना हुन् तर यस्ता सम्पदाको संरक्षणमा राज्यका जिम्मेवार निकाय गम्भिर नहुने हो भने हाम्रा सम्पदा विश्व सम्पदा सूचीबाट हट्न सक्ने खतरा छ ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्: