रौतहट, २५ फागुन । एकतापछि आज पहिलोपटक नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको गरुडामा हुने आमसभालाई सम्बोधन गर्दै छन् । जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच भएको एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो ।
जनसभाको तयारी सकिसकेको नेकपाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले जानकारी दिए । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कार्यक्रम स्थल तायारीका लागि काठमाडौबाट सुरक्षाकर्मीको टोली रौतहट पुगेको छ । सुरक्षाका लागि सिसी क्यामेराहरु जडान गरिएका छन् ।