चितवनमा स्वाइनफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

 

चितवन, १६ भदौ । चितवनका विभिन्न अस्पतालमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ। तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले विज्ञप्ति नै जारी गरेको जानकारी दिएको छ।

 

अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको रगत परीक्षण गरिएकोमा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको हो। संक्रमण भएकामध्ये २५३ जना चितवनकै स्थानीय वासिन्दा हुन्। बाँकी ५६ जना भने छिमेकी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी हुन्।

 

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा. कालिदास अधिकारी सुझाव दिएका छन्। अहिले भरतपुर अस्पतालमा फ्लु ए संक्रमण भएका बिरामीको चाप अत्यधिक मात्रामा छ।

 

चार जनामा डेंगु :

 

यस्तै पछिल्लो समय ४ जनामा बिरामीमा डेँगु रोक देखा परेको छ। भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको हो।

ताजा समाचार