काठमाडौं, २२ फागुन । २०७२ साल भाद्र सात गते भएको टिकापुर हत्याकाण्डमा संग्लग्न रहेका तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका महासचिव एवं रामजनम चौधरी लगायतले प्रदर्शन तथा निषेधीत क्षेत्र तोड्ने काम गरेका थिए ।
उक्त दिन हजारौं आन्दोलनकारीहरुले चर्च रोड र मनुवा रोडमा घरेलु हात हतियार सहित शसस्त्र प्रहरी बल माथि नियोजित हमला गर्ने कामको षड्यन्त्र रेशम चौधरीले गर्दा नेपाल प्रहरीका एसएसपी लक्षम न्यौपाने सहित ९ जनाले ज्यान गुमाएका थिए ।
स्थानीय थारु समुदायका झण्र्डै १० हजार संख्यामा रहेका आन्दोलनकारीले जथाभावी आक्रमण गर्दा एक नाबालक सहित सुरक्षा निकायका एसएसपी र जवानले जीवन गुमाउनु परेको घटनाको मुद्धा जिल्ला अदालत कैलालीमा रहेको थियो सोही मुद्धाको जिल्ला अदालत कैलालीले अन्तिम फैसला गर्दै सांसद रेशम चौधरी सहित ११जनालाई जन्म कैद सुनाएको छ । साथै लक्षम चौधरी र लाहुराम चौधरीलाई रिहाई गर्न आदेश दिएको छ ।