उद्धार र विपद् व्यवस्थापनका लागि प्रहरीले माग्यो सातवटा हेलिकोप्टर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

उद्धार र विपद् व्यवस्थापनका लागि प्रहरीले माग्यो सातवटा हेलिकोप्टर

sena helicopter

काठमाडौं, २२ फागुन । नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ ।

खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन ।

२०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन ।

दुर्घटनापछिको खोज तथा उद्धारमा जनशक्ति व्यवस्थापनमा हेलिकोप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन । प्राकृतिक विपद्पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकोप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);