डेजाभु क्लबका तत्कालीन अध्यक्ष श्रेष्ठद्वारा साढे तीन करोड ठगी, ‘डिफ्युजन नोटिस’ जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

डेजाभु क्लबका तत्कालीन अध्यक्ष श्रेष्ठद्वारा साढे तीन करोड ठगी, ‘डिफ्युजन नोटिस’ जारी

dejavu

काठमाडौं, २० फागुन । दरबारमार्गस्थित देजाभु डिस्कोका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठ साढे तीन करोड रुपैयाँ ठगी गरेर बेपत्ता भएपछि प्रहरीले ‘डिफ्युजन नोटिस’ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरीले उनीविरुद्ध ‘डिफ्यूजन नोटिस’ गरेकोे हो । आफू ठगिएको भन्दै विश्वराज श्रेष्ठले मनोजविरुद्ध उजुरी गरेपछि प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरेको थियो । हङकङमा लुकिछिपी बसेको खुलेपछि प्रहरीले उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो ।

साढे तीन करोड ठगी गरेको उजुरी

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले मनोजविरुद्ध साढे तीन करोड रुपैयाँ ठगी गरेको उजुरी परेको बताए । ‘मनोजविरुद्ध साढे तीन करोड रुपैयाँ ठगी गरेको उजुरी परेपछि हामीले अनुसन्धान सुरु ग९यौँ, उनी हङकङमा खुलेपछि ‘डिफ्युजन’ नोटिस जारी गरिएको छ,’ उनले भने । प्रहरीका अनुसार मनोजले विश्वराजलाई डिस्कोको सेयर अनधिकृत रूपमा बेचेका थिए । त्यसबापत उनले विश्वराजसँग दुई करोड रुपैयाँभन्दा धेरै रकम लिएका थिए । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);