काठमाडौं, १८ फागुन । नेकपाका वरिष्ठ नेता वामदेव गौतमले स्वर्गीय रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । उनले फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार आफ्ना विरुद्ध शुरु भएको बताएका छन्।
नेपाली राजनीतिक आकासका उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असमायिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर आफूलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको उनले उल्लेख गरेका छन् ।
यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन । जीवनभर दिने पनि छैन।’
मेरो इच्छाविपरित पार्टीले निर्णयगरेछ भने पनि म कमरेड रविन्द्रको दुखद निधनवाट खालिभएको निर्वाचन क्षेत्रबाट उमेदवार बन्ने छैन। मेरो संपूर्ण प्रयत्न स्व. क. रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार बनाउन लगाउने छु।





