हमजा बिन लादेन बारे जानकारी दिनेलाई अमेरिकाद्वारा पुरस्कारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

हमजा बिन लादेन बारे जानकारी दिनेलाई अमेरिकाद्वारा पुरस्कारको घोषणा

Hamza-bin-Laden-Osama-Bin-Laden

काठमाडौं, १७ फागुन । अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर (११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ ।

जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर सार्वजनिक हुँदै आएको छ । हमजा, ओसामाका तीन जीवित श्रीमती मध्ये एक खैरिया सबारका छोरा हुन् । उनि एबटाबादको एक परिसरमा आफ्ना श्रीमान् ओसामा बिन लादेनसँग बसिरहेकी थिइन् ।

गत वर्ष अगस्टमा हमजाले बिन लादेनले वर्ल्ड ट्रेड सेन्टरमा हमलाका अपहरणकर्ता मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेको खबर आएको थियो । ओसामा बिन लादेनका सौतेनी भाइ अहमद र हसन अट्टाले विवाहको पुष्टि गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);