एक सय १६ किमी बाटाेकाे भाडा करिब २५ सय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एक सय १६ किमी बाटाेकाे भाडा करिब २५ सय

bus yatru

काठमाडौं, १७ फागुन । जाजरकाेट – यातायात व्यवसायीले जाजरकोट–डोल्पा सडकखण्डमा यात्रुसँग मनपरी भाडा असुल्ने गरेका छन् । एक सय १६ किलोमिटर सडकमा दुई हजार तीन सय ५० रुपैयाँ भाडा लिने गरेका छन् । यति भाडा असुले पनि यात्रुलाई भने कम्ता सास्ती छैन । ठाउँ–ठाउँमा ओर्लेर हिँड्नुपर्छ । यो सडकखण्डमा ट्र्याक खुलेसँगै गाडी चल्न थालेपछि यात्रु झन् मारमा परेका हुन् ।

जाजरकोटदेखि डोल्पा पुग्न विभिन्न सिधै गाडी चल्दैन् । खण्ड–खण्डमा यात्रा गर्नुपर्छ । जाजरकोट सदरमुकामदेखि तल्लुसम्म सात सय भाडा लाग्छ । त्यसपछि सात सय रुपैयाँमै रुकुमको अनाहदेखि डोल्पाको करबगाडसम्म पुगिन्छ । करबगाडदेखि खदाङसम्म पुग्न फेरि एक सय ५० रुपैयाँ तिर्नुपर्छ । त्यहाँबाट त्रिपुराकोटसम्म पुग्न अर्काे गाडी चढ्नुपर्छ । खदाङदेखि त्रिपुराकोटसम्म चार सय भाडा लाग्छ । त्यसपछि सुपानीदेखि दुनै पुग्न चार सय भाडा तिर्नुपर्छ ।

‘भाडा चर्को छ, यात्रु ठगिएका छन् । स्थानीय सरकार केही बोल्दैन,’ जाजरकोटको नलगाडका बद्री पन्तले भने । यसरी चर्को भाडा लिँदा यात्रुलाई टिकट दिने गरिएको छैन । स्थानीय प्रशासनसँग उजुरी गर्ने डरले टिकट नदिने गरिएको यात्रुको भनाइ छ । याे समाचार नयाँ पत्रिकामा लेखेको छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);