ताप्लेजुङ हेलिकप्टर दुर्घटना: आज टुँडिखेलमा श्रद्धाञ्जलि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: आज टुँडिखेलमा श्रद्धाञ्जलि

Sradanjali Tayari -Rabindra

काठमाडौं, १७ फागुन । ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको अन्तिम श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार (आज) बिहानका लागि तय गरिएको छ ।

प्रतिकूल मौसमका कारण ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीबार १२ बजे मात्र शव लिएर काठमाडौँका लागि हेलिकप्टर उडेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शव पोस्टमार्टममा समय लागेकाले बुधबार ३ बजेका लागि तय गरिएको श्रद्धाञ्जलि कार्यक्रम स्थगित गरी शुक्रबार बिहान ८ बजेका लागि राखिएको छ । दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधनमा बिहीबार देशभर राष्ट्रिय शोक मनाइको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार शवलाई व्यवस्थित रूपमा नउठाइएका कारण शव परीक्षणमा जटिलता रहेको छ । शव पहिचानका लागि डाटा कलेक्सन र एनालाइसिसमा समय लाग्ने तर रातभर बसेर भए पनि शव परीक्षण सम्पन्न गरिने डा. वस्तीले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दुर्घटनामा निधन भएका सातै जनाको शव अपराह्न काठमाडौँ ल्याइएको र पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा सातै जनाको शव राखिने छ ।

अन्तिम श्रद्धाञ्जलिपछि आफन्तजनलाई शव जिम्मा लगाइने र मन्त्री अधिकारीको शवलाई पार्टीकै व्यवस्थापनमा हेलिकप्टरमार्फत् पोखरा लगिने कार्यक्रम रहेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);