काठमाडौँ, १६ भदौ । सीमावर्ती भारतीय बजार गौरीफण्टामा नेपालीमाथि गरिएको दुब्र्यबहार तथा कुटपिटको विरोधमा विहीबार गौरीफण्टा सीमा नाकामाा अवरोध गरिएको छ ।
कुटपिट गर्ने ब्यापारीलाई कारवाही पीडितलाई क्षतिपुर्ति तथा गौरीफण्टा र बनगाँवा बजार बन्द गरिपर्ने माग गर्दै डोकेबाजर र धनगढीका युवाले नाकामा अवरोध गरेका हुन्। युवाले दिनभरी दुवै बजारबाट सामान ल्याउनसमेत दिएनन्। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।