प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्न बाटो खुला | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्न बाटो खुला

karmachari

काठमाडौं, १६ फागुन । प्रदेश सरकारले आफूलाई चाहिने कर्मचारी भर्ना गर्न कानुनी बाटो खुला गर्न संघीय सरकारले प्रदेश निजामती सेवा सम्बन्धी मापदण्ड मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

शुक्रबार सम्म सो मापदण्ड मन्त्रिपरिषद्मा लैजाने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । मन्त्रिपरिषद्ले मापदण्ड पारित गरे पछि प्रदेश सरकारले प्रदेशलाई चाहिने कर्मचारी भर्ना गर्ने बाटो खुला हुनेछ ।

संघीय सरकारले बनाएको मापदण्ड भित्र रही प्रदेश सरकारले कर्मचारी भर्ना, सरुवा, बढुवा तथा खटनपटन गर्नुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);