सडक तथा पुलको काम अलपत्र पार्ने ठेकेदारलाई कडा कार्वाही गरिने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सडक तथा पुलको काम अलपत्र पार्ने ठेकेदारलाई कडा कार्वाही गरिने

काठमाडौं, १५ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक तथा पुलको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री महासेठले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएको साना सडक तथा पुलहरुको निर्माणका लागि आवश्यक बजेटको व्यवस्था तत्काल गर्ने जानकारी दिए ।

बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले सरकारले प्रदेश र स्थानीय तह मातहत रहने सडक तथा पुलहरु सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाई नहुने उल्लेख गरे ।

मन्त्री महासेठले अलपत्र परेका सडक तथा पुलहरुको निर्माण कार्यलाई सरकारले क्रमिक रुपमा अघि बढाइरहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);