काठमाडौं, १४ फागुन । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक चर्चाको विषय बनिरहेको छ । एक महिनासम्म केन्द्रिय समितिले छलफल गर्यो र छलफलपछि महासमितिले गरेको निर्णय एकातर्फ तर केन्द्रिय समितिको निर्णय अर्कोतर्फ हुन पुग्यो । महासमिति, नेपाली काँग्रेसको सबैभन्दा ठूलो र आधिकारिक निकाय हो, जसले नीति निर्माण र निर्णय गर्दछ । तर महासमितिको बैठकलाई केन्द्रिय समितिको बैठकले तल पारिदिएको छ, के कारणले ? नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमार्फत विधान तयार भएको छ र त्यो बहुमतबाट पारित भएको छ । तर बहुमतबाट पारित भईसकेपछि त्यहाँ नेताहरु दुई तिर लागेको देखिएको छ । जुन विधान पारित भयो त्यसमा केन्द्रिय सदस्यहरु स्वत: महादिबेशन प्रतिनिधि हुने कुरा उल्लेख गरिएको छ । त्यो हुदाहुदै पनि किन केन्द्रिय सदस्यहरुले बिमति प्रकट गरे ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता धनराज गुरुङसंग गरेको कुराकानी हेर्नुहोस् :